साइबेरियामा हिउँ पग्लिएपछि ४० हजार वर्ष पुरानाे गैंडाको अवशेष फेला « Nagarik Khabar

साइबेरियामा हिउँ पग्लिएपछि ४० हजार वर्ष पुरानाे गैंडाको अवशेष फेला



एजेन्सी । २६ जनवरीका दिन रुसको साइबेरियामा वैज्ञानिकहरुले लामालामा रौं गरेको ४० हजार वर्ष अघिको एक गैंडाको अवशेष फेला पारेका छन् । यो गैंडा ४० हजार वर्ष अघिसाइबेरियामा अवशेषको रुपमा रहेको बताइएको छ । हिउँ ग्पिलएसँगै यसको शरीर बाहिर सतहमा निस्किएको थियो ।

साइबेरियाको याकुतिया क्षेत्रमा हिउँ पग्लिँदा एक जनावरको शरीर बाहिर निस्किएको थियो । स्थानीय मानिसहरुले वैज्ञानिकहरुलाई यसबारे जानकारी दिएका थिए । वैज्ञानिकहरुले उक्त खैरो लामो रौं भएको गैंडा हिलोमा गाडिएको भेटेका थिए । यसको शरीरका कतिपय भागका रौं अझै पनि सुरक्षित थियो ।

डेली मेलमा प्रकाशित खबरका अनुसार वैज्ञानिकहरुले लामो रौं भएको यस गैंडालाई कुनै हिमाली सिंहले हमला गरेको बताएका छन् । उक्त गैंडा सिंहको आक्रमणबाट बच्न भागेको र हिलोमा आएर फँसेको र नदीले बगाएर यहाँ ल्याइपुर्याएको वैज्ञानिकको तर्क छ । हाल हिमाली सिंहको प्रजाति मासिइसकेको छ ।

यो गैंडाको प्रजाति युरोपको आइस एजभन्दा पहिले जीवित थियो । युरोपीय आइस एज १४ हजार वर्ष पहिलेको युग हो । तर यस प्रजातिको गैंडाको उमेर अहिले पत्ता लागिसकेको छैन । तर यसको उमेर आजसम्म २५ हजार वर्षदेखि ४० हजार वर्षको हुन सक्ने बताइएको छ ।

यसको प्रजाति मात्र युरोप र साइबेरियामा मात्र नभई अन्य भू–भागमा पनि पाइने गरेको बताइएको छ । सो समयमा चीन र दक्षिण कोरियामा पनि यसका प्रजाति माइने गरेको थियो । यसका अवशेष यी देशहरुमा पनि भेटिएको छ । वातावरणमा आएको फेरबदल र विश्वको तापमानमा आएको परिवर्तनका कारण यी जनावरहरु विस्तारै लोप हुँदै गए ।

साइबेरियामा पाइएको यो गैंडाको लम्बाई ८ फीट र उचाई करीब साढे चार फिट छ । यो अहिलेको गैंडाको करीब ७ देखि ९ इन्च सानो हो । उसको शरीर हेरेर यसको मृत्यु भएको बेलाको उमेर त्यस्तै तीन वा चार वर्षको हुन सक्ने बताइएको छ ।

यो प्रजातिको गैंडाको रौं, छाला, दाँत हड्डी र सिंग सबै ठीक रहेको छ । अब वैज्ञानिकहरु यसको शरीरको जाँच गरी यसको मृत्युको कारण पत्ता लगाउने छन् । साथैं यस गैंडाको त्यतिखेरको समयको बारेमा विस्तृत जैविक जानकारी प्राप्त गर्न सकिने छ । अहिलेसम्म यसको लिङ्ग पनि पत्ता लागेको छैन । तर वैज्ञानिकहरुले चाँडै नै यसको बारेमा जानकारी दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: