केजीएफ–२ को हिन्दी राइट्सका लागि फरहानले खर्चिए यति धेरै रकम « Nagarik Khabar

केजीएफ–२ को हिन्दी राइट्सका लागि फरहानले खर्चिए यति धेरै रकम



एजेन्सी । केजीएफ च्याप्टर १ को सफलता पश्चात अब हरेकलाई यसको दोस्रो च्याप्टरको पर्खाइ रहेको छ । यो पर्खाइ अब धाँडै नै सकिने भएको छ । किनकी फिल्मको टिजर रिलिज भइ नै सकेको छ । पछिल्लो पटकको जस्तै भारतको कन्नडका सुपरस्टार यश को यो फिल्मको हिन्दी राइट्सका लागि फरहान अख्तरले र रितेश सिधवानीको प्रोडक्शन हाउस एक्सेल इन्टरटेन्मेन्टले किनेको छ । उनीहरुले यसका लागि ९० करोड भन्दा धेरै रकम खर्चिएका छन् ।

हालै भारतीय एक समाचारमा जनाइएका अनुसार केजीएफ–२ का लागि एक्सेल इन्टरटेन्मेन्टलाई ९० करोड भन्दा धेरै भारतीय रुपैंयामा हिन्दी राइट्स बेचेका हुन् । केजीएफ बनाउँदा हिन्दी राइट्सका बारेमा सोचिएको थिएन । तर रिलिज हुनुभन्दा केही दिन अधि मात्र यसको हिन्दी राइट्स एक्सेल इन्टरटेन्मेन्टलाई बेचिएको थियो । अहिले भने च्याप्टर–२ का लागि च्याप्टर–१ के तुलनामा सात गुणा अधिक मूल्यमा यसको राइट्स बिक्री भएको छ ।

सन् २०१८ मा रितेश सिधवानी र फरहानको प्रोडक्सनले कन्नड फिल्म केजीएफ किन्दा उनीहरुलाई फिल्मले यतिधेरै व्यापार गर्छ भन्ने सोचेका थिएनन् । फिल्मले उनीहरुले सोचेको भन्दा ३५ गुणा धेरै आम्दानी गरेको थियो । केजीएफ ८० करोड भारुमा बनाइएको थियो । यसले २५० करोड आम्दानी गरेको थियो । यो भारतमा सबैभन्दा धेरै कमाइ गर्ने कन्नड फिल्म बनेको थियो ।

केजीएफ–२ को टीजर ८ जनवरीमा रिलिज गर्ने भन्ने थियो । तर यसका शुभेच्छुकहरुको माग यति धेरै भयो कि अघिल्लै दिन अर्थात जनवरी ७ मै रिलिज गर्नुपर्ने अवस्था आयो । यो फिल्मको टीजर १६ करोड भन्दा धेरै मानिसहरुले हेरिसकेका छन् । यस फिल्म प्रति दर्शकहरुको प्रतिक्रिया देखेर नायक यश र निर्देशक प्रशान्त नील पनि आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: