संसारका सबैभन्दा धनी बेजोसले मागे प्रेमिकाका भाइसँग २० करोड क्षतिपूर्ति « Nagarik Khabar

संसारका सबैभन्दा धनी बेजोसले मागे प्रेमिकाका भाइसँग २० करोड क्षतिपूर्ति



एजेन्सी । संसारकै सबैभन्दा धनी व्यक्ति अमेजनका मालिक जेफ बेजोसले आफ्नी प्रेमिकाका भाइबाट क्षतिपूर्तिका रुपमा झण्डै २० करोड मागेका छन् । बेजोसकी प्रेमिका लरेन्स सेन्चेजका भाइ माइकल सैन्चेनले उनी माथि मानहानीको मुद्धा दायर गरेका थिए ।

माइकलले मुद्धा हारे पछि उनी क्षतिपूर्ति तिर्न बाध्य भएका हुन् । यसैकारण अमेजनका मालिक बेजोसले माइकलसँग कानूनी प्रक्रियामा लागेको खर्च तिर्न आग्रह गरेका हुन् ।

उनीहरु बीचको यो लडाइँ सन् २०१९ को शुरुवातमा भएको थियो । त्यतिखेर बेजोस र लरेन विवाहित थिए । तर दुबैको अफेयर बारे सञ्चार माध्यममा फैलिएको थियो । त्यतिखेर उनीहरु बीचका निजी कुराकानी र दुबैका गौपय फोटोहरु पनि छापिएका थिए ।

पत्रपत्रिकाहरु ती तस्विरहरु छापिनु पूर्व नै बेजोसले आफ्नी पत्निसँग सम्बन्ध बिच्छेद गर्ने ठानेका थिए । पछि उनका साला माइकलले नै पत्रकारहरु नांगा फोटोहरु दिएको बेजोसले आरोप लगाए ।

माइकलले बेजोसमाथि मानहानीको गरेको भन्दै अदालतमा मुद्धा दिए । तर प्रमाण पेश गर्न नसकेका कारण बेजोसका साला माइकलले मुद्धा हारे । सोही कारण बेजोसले उनलाई उल्टो क्षतिपूर्ति तिर्न लगाए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: