स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ महिला पक्राउ « Nagarik Khabar

स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ महिला पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र
भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग
हरिहरभवन ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: