कलामा उत्कृष्ट बेली डान्सर नोरा फतेहीको आकर्षक रुप (फोटोफिचर) « Nagarik Khabar

कलामा उत्कृष्ट बेली डान्सर नोरा फतेहीको आकर्षक रुप (फोटोफिचर)



एजेन्सी । बलिउड अभिनेत्री तथा नृत्यंगना नोरा फतेही अहिले चर्चामा छिन । मोडलिङ क्षेत्रमा पनि राम्रै स्थान बनाइसकेकी नोरा यतिबेला आकर्षक तस्विरहरुका कारण चर्चामा आएकी हुन ।

सन १९९२ फेब्रुअरी ६ मा क्यानाडाको टोरन्टोमा जन्मिएकी नोरा उत्कृष्ट पोशाक छनौटको मामिलामा अब्बल सावित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

सामाजिक सञ्जालमा निकै ब्यस्त हुन रुचाउने नोराले आफ्ना तस्विरहरु पोस्ट गर्छिन ।

तिनै तस्विरहरुका कारण पनि उनका फ्यान फलोअरहरुको संख्या बढ्दो छ भने लोकप्रियता पनि उत्तिकै बढिरहेको छ ।

आफ्नो शरीरलाई स्लिम ट्रिम बनाइराख्न कत्ति पनि कन्जुस्याँई नगर्ने नोरा कला र सुन्दरताका हिसाबले भारतीय मनोरञ्जन उद्योगमा अब्बल कलाकारका रुपमा स्थापित भैसकेकी छिन ।

बेली डान्सरका रुपमा पनि निकै चर्चा कमाएकी नोराले बलिउडमा ‘रोअर टाइगरर्स अफ सुन्दरबन’ फिल्मबाट प्रवेश गरेकी हुन ।

यसका अलावा नोराले स्ट्रीट डान्सर थ्री डी, बट्ला हाउस, बाहुबलीः द बिगिनिङ, किक टू, भुजः द प्राइड अफ इण्डियालगायतका हिन्दी फिल्महरुमा अभिनय गरिसकेकी छिन ।

नोराले तेलुगु फिल्महरुमा पनि अभिनय गरिसकेकी छिन ।

नोरा भारतीय चर्चित टेलिभिजन शो बिगबोस ९ मा प्रतियोगीको रुपमा सहभागी भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: