मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ « Nagarik Khabar

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ



पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलंका पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन् । श्रीलंका पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिइ थुनामा राखेको अवस्थामा श्रीलंकाली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।

ती महिला श्रीलंकाको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्युरोले जनाएको छ । महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: