‘कान्छीको सम्झनामा’ बोलकाे गीत सार्वजनिक (भिडियो) « Nagarik Khabar

‘कान्छीको सम्झनामा’ बोलकाे गीत सार्वजनिक (भिडियो)



काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् ।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक प्रविन राजथलाको यस गीतमा शब्द तथा संगीत रहेको छ । यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन् ।

युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा एलिस राई र गीता ढुंगानाले अभिनय गरेका छन् । भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।

एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो । गायक राजथलाको आधिकारिक च्यानल पिआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: