चिनियाँ र भारतीय सेनाबीचको झडपको भिडियो सार्वजनिक, भारतका २० र चीनका ४ सैनिकको मृत्यु (भिडियोसहित) « Nagarik Khabar

चिनियाँ र भारतीय सेनाबीचको झडपको भिडियो सार्वजनिक, भारतका २० र चीनका ४ सैनिकको मृत्यु (भिडियोसहित)



एजेन्सी । गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपमा चीनका ४ र भारतका २० सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले भिडिओ सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो ।

भारतका २० सैनिक मारिएको झडपमा चीनका ४ सैनिक मारिएको भिडियो ग्लोबल टाइम्सले बिहीबार सार्वजनिक गरेको हो ।

भारत–चीन सीमा पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा ८ महिनाअघि (जुन १५) मा सीमा विवादका कारण दुई देशका सेनाबीच भिडन्त भएको थियो।

त्यस क्रममा आफ्ना २० सैनिक मारिएको पुष्टि भारतले त्यही बेला गरेको थियो भने चीनले चाहिँ गत बिहीबार अघिसम्म आफ्ना तर्फ भएको सैनिक क्षतिबारे केही बताएको थिएन।

तर बिहीबार पहिलोपटक त्यस झडपमा आफ्ना पनि ४ सैनिक मारिएको भनेर स्वीकार गरेको चीनले लगत्तै त्यस झडपको भिडिओ पनि सार्वजनिक गरेको हो।

जारी भिडिओमा झडपमा मारिएका आफ्ना ४ सैनिकलाई सलामी दिइएको दृश्य पनि छ। दुई देशका सेनाबीच भएको झडपका साथै सैन्य अधिकारीबीच वार्ता भएको पनि भिडिओमा देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: