‘मान्छे’ बाेलकाे गीत सार्वजनिक (भिडियाे) « Nagarik Khabar

‘मान्छे’ बाेलकाे गीत सार्वजनिक (भिडियाे)



काठमाडौं । वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको गीत मान्छेको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर भर्जिनिया निवासी गायक रमेश कँडेलको रहेको छ भने किरण कँडेलको संगीत र संगीत संयोजन रहेको छ ।

समाजको यथार्थ प्रस्तुत गरिएको भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोइराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ । भिडियोलाई दिन्शन शाहको सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक कडेलले सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: