तेस्रो पटक सम्बन्ध विच्छेद गर्दै किम, पहिलो विवाह १९ वर्षको उमेरमा « Nagarik Khabar

तेस्रो पटक सम्बन्ध विच्छेद गर्दै किम, पहिलो विवाह १९ वर्षको उमेरमा



एजेन्सी । नायिका तथा मोडल किम कर्दाशियन् संसार प्रसिद्ध छन् । उनको सुन्दरतामा सबै लोभिने गरेका छन् । किम आफ्नो व्यवसायिक जीवनमा जति चर्चामा हुन्छिन् उतिनै आफ्नो व्यक्तिगत जीवनका विषयमा पनि चर्चामा आउने गरेकी छन् । हालै मात्र उनका तेस्रा पति कान्ये वेस्टसँग उनको सम्बन्ध विच्छेद भएको छ ।

यसका साथै उनीहरु बीचको ६ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य भएको छ । दुबै दम्पती बीचको सम्बन्ध धेरै नै उतार–चढावका साथ बितेको थियो । पछिल्ला केही समय उनीहरुका बीचको सम्बन्ध अलग–अलग हुने अवस्थामा पुगेको हो । उनीहरुको विवाह २०१४ मई २४ मा इटालीमा भएको थियो । उनीहरुका दुई छोरा र दुई छोरी गरी ४ वटा बच्चाबच्ची छन् । विवाहभन्दा दुई वर्ष पहिले दुबै प्रेम सम्बन्धमा रहेका थिए ।

यो भन्दा पनि अघि किम विवाहित हुन् । वेस्टसमेत गरी उनको तेस्रो विवाह हो । यो भन्दा अघि दुई पटक विवाह गरेकी उनको वैवाहिक सम्बन्ध धेरै लामो समयसम्म टिकेन । उनको पहिलो विवाह सन् २००० मा १९ वर्षको उमेरमा भएको थियो । त्यतिखेर उनले म्यूजिक प्रड्यूसर डेमन थमससँग विवाह गरेकी थिइन् । त्यो विवाह तीन वर्ष पनि टिकेन । उनले त्यतिखेर आफ्ना पति विरुद्ध शारीरिक र मानसिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

सन् २०११ मा किमले बास्केटबल खेलाडी क्रिस हम्फरिजसँग विवाह गरिन् । एक वर्ष डेट गरेर दुबैले इङ्गेजमेन्ट पनि गरे । इङ्गेजमेन्ट पश्चात सन् २०११ म दुबैले विवाह गरेका थिए । उनको यो विवाह पनि ७२ दिनमा वैचारिक असमानताको कारण देखाउँदै किमले आफैं विवाह तोडिन् ।

समाचारमा त उनको त्यतिखेरको सम्बन्ध विच्छेदलाई पब्लिक स्टन्ट भएको भन्ने पनि आएको थियो । समाचार स्रोतका अनुसार वेस्टसँगको यो सम्बन्ध विगत केही दिनदेखि नै टुटिसकेको थियो । उनीहरु अलग–अलग बसेका र आफ्ना बच्चाहरुका लागि मात्र भेट हुने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: