प्रचण्ड–माधव समूह अनेमसंघको काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर/भिडियो ) « Nagarik Khabar

प्रचण्ड–माधव समूह अनेमसंघको काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर/भिडियो )



  • किरण शाही

काठमाडौं । प्रचण्ड–माधव समूहका अखिल नेपाल महिला संघले आज काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । संसद विघटनपछि निरन्तर सरकारको विरोध गर्दै आएको प्रचण्ड–माधव समूहका महिला संगठनले आज सरकारको विरोध गरेको हो ।

अनेमसंघले आज ७७ वटै जिल्लाका सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । त्यस्तै काठमाडौंमा शान्तिवाटीकाबाट जुलुस सुरु भएर बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभामा विभिन्न नेताहरुले सम्बोधन गरेका छन् ।

सरकार विरुद्धको कार्यक्रमको पार्टीको पूर्व निर्धारीत समयअनुसार नै अनेमसंघले आजको कार्यक्रम गरेको हो ।

विरोध ¥यालीमा महिला हिंसा अत्य गर, निर्मला पन्तलाई न्याय दे, भ्रष्ट्रारीलाई कार्वाही गर, बढ्दो महङ्गी नियन्त्रण गर लगायतको नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: