चीनले बनायो अत्याधुनिक सुविधा सम्पन्न अस्पताल र हाेटलसहितको पानी जहाज « Nagarik Khabar

चीनले बनायो अत्याधुनिक सुविधा सम्पन्न अस्पताल र हाेटलसहितको पानी जहाज



एजेन्सी । चीनले अत्याधुनिक सुविधासम्पन्न अस्पतालसहितको एक पानी जहाजको परीक्षण गरेको छ ।

एक अमेरिकी पानी जहाज मालिकका लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्‍न अस्पतालसहितको जहाजले उत्तरी चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको हो ।

१७४ मिटर लम्बाई र २८.६ मिटर चौडाई रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधासम्पन्‍न पानीजहाज भएको बताइएको छ । उक्त जहाजभित्र २७७ वटा वार्ड छन भने ६४१ वटा शैया रहेका तियानजिङ सिङ्गाङ जहाज निर्माण कम्पनीले जनाएको छ ।

जहाज निर्माण कम्पनीका अनुसार जहाजभित्र पाँच तारे होटेल र सुविधासम्पन्‍न अस्पतालले उपलब्ध गराउने सबै खालका सेवाहरू दिन सक्ने प्रविधिहरु जडान गरिएका छन् ।

जहाजको समुद्री परीक्षणका क्रममा प्राप्त परिणामहरू अनुसार जहाजको गति, आवाज र अन्य पक्षहरू बारे जहाज धनीले प्रशंसा गरेको जहान निर्माण कम्पनीलाई उद्धृत गर्दै इसीएनएस डट सिएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: