अभिनेत्री रुबिनाले जितिन १४औं बिग बोसको उपाधि « Nagarik Khabar

अभिनेत्री रुबिनाले जितिन १४औं बिग बोसको उपाधि



एजेन्सी । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४औं संस्करण टेलिसिरियल अभिनेत्री रुबिना दिलेकले जितेकी छन् ।

यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने ।

रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।

बिग बोस कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।

कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: