कक्षा दुईमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

डडेल्धुरा। बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ७२ वर्षीय शिक्षकलाई १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
विद्यालयले कक्षा दुईमा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी समक्ष उजूरी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुवैको मेडिकल परीक्षणको काम भइरहेको बताए ।
मेडिकल रिपोर्टका आधारमा कानुनी प्रकृया अघि बढाइने उनले बताए ।