लोप भैसकेको जीवको क्लोनबाट वैज्ञानिकले जन्म दिए नयाँ जीव « Nagarik Khabar

लोप भैसकेको जीवको क्लोनबाट वैज्ञानिकले जन्म दिए नयाँ जीव



एजेन्सी । वैज्ञानिकहरुले अमेरिकामा कुनै पनि लोप भइसकेको जीवको पहिलो पटक क्लोन तयार गरेका छन् । न्याउरी प्रजातिको कालो खुट्टा भएको एक जीवलाई वैज्ञानिकले जन्म दिएका हुन् । ३० वर्ष पहिले मरेको एक अन्य प्रजातिको यो जीवको क्लोनबाट यसलाई जन्म दिइएको हो ।

एसोसिएड प्रेसको रिपोर्टका अनुसार क्लोन गरिएको यो जीवको जन्म १० डिसेम्बर २०२० मा भएको थियो । तर यसको घोषणा बुधवार भएको हो । पछिल्लो वर्ष अमेरिकाको टेक्सासमा मंगोलियाको एक जंगली घोडाको पनि जन्म क्लोनिङ्ग प्रविधिबाट भएको थियो ।

क्लोनिङबाट तयार गरिएको यो जीवनको नाम एलिजाबेथ एन राखिएको छ । करीब सात वर्षको मिहेनत पश्चात वैज्ञानिकहरुले क्लोनिङ्ग मार्फत यो जीव तयार गर्न समफलता मिलेको हो ।

अमेरिकाको फिस एण्ड वाइल्ड सर्भिसको तर्फबाट कोलोराडोमा यस जीवको हेरचाह भैरहेको छ । त्यसैगरि वैज्ञानिकहरुले क्लोनिङ्ग प्रविधिबाट लोप भैसकेका अन्य जीवहरुलाई पनि जन्म दिन सकिने बताइएका छन् ।

वास्तवमा विला नाम गरेको यस्तै प्रकारको जीवको सन् १९८८ मा मृत्यु भएको थियो । तर यसको अवशेषलाई फिजरमा संरक्षण गरेर राखिएको थियो । त्यतिखेर डीएनए प्रविधि शुरुवातको चरणमा थियो । सोही जीवको जीनलाई नक्कल गरेर वर्तमानको जीवको रुप दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: