अन्तरिक्षमा पनि आफ्नो हित र स्वार्थ सुरक्षाको होड, ब्रिटेनले ‘स्पेस फोर्स’ बनाउँदै « Nagarik Khabar

अन्तरिक्षमा पनि आफ्नो हित र स्वार्थ सुरक्षाको होड, ब्रिटेनले ‘स्पेस फोर्स’ बनाउँदै



एजेन्सी । सुरक्षाको दायरा बढ्दै छ । जमिन र आकास मात्रै हैन, अब अन्तरिक्षको सुरक्षा पनि एक महत्वपूर्ण विषय बनिसकेको छ ।

विश्वका विकसित मुलुकहरु अंतरिक्षमा आफ्नो हित र स्वार्थको रक्षाका लागि तयारी र तैनाथीको होडमा लागिसकेका छन ।

यस्तैमा अंतरिक्षको सुरक्षाका लागि भन्दै ब्रिटेनले स्पेस फोर्स निर्माणको तयारी शुरु गरेको छ । स्पेस फोर्सको काममा रोयल एअर फोर्सको टाइफून फाइटर जेटको प्रयोग गर्न सकिने बताइएको छ ।

ब्रिटेनको रोयल एअर फोर्समा कार्यरत टाइफून फाइटर जेटले शत्रु पक्षको सेटेलाइटलाई ध्वस्त पार्ने क्षमता राख्छ ।

यसका लागि स्पेस कमाण्डले फाइटर जेटका पाइलटहरुलाई विशेष प्रशिक्षण दिने योजना बनेको छ ।

ब्रिटेनका पाइलटहरुलाई खासगरी चीन र रुसको सैन्य इन्टिलिजेन्स र कम्युनिकेशन सेटेलाईटलाई निशानामा राख्ने प्रशिक्षण दिइनेछ ।

यसअघि सुरक्षाविज्ञहरुले अंतरिक्षको सुरक्षाका लागि ब्रिटेनले छिट्टै उचित कदम चाल्नु पर्ने सुझाव दिंदै यसो नगरिए भयानक गल्ती सावित हुने चेतावनी दिएका थिए ।

युद्धका क्रममा टाइफून फाइटर जेटका पाइलटले ६० हजार फिटको उचाईबाट एन्टी सेटेलाईट मिसाइल प्रहार गर्न सक्छन ।

पछिल्लो पटक प्राप्त समाचार अनुसार ब्रिटेनको रोयल एयर फोर्सका पूर्व टाइफून पाइलट पोल ग्रोडफ्रेलाई मुलुकको स्पेश कमाण्डका प्रमुख पदमा नियुक्त गरिएको छ ।

ब्रिटेनको स्पेस कमाण्ड हालका लागि सुरक्षा बलकै एक अंगको रुपमा रहनेछ । स्पेस कमाण्डको मुख्य उद्देश्य अंतरिक्षमा ब्रिटेनको हितको रक्षा गर्नु हो । त्यस्तै समान सोंच र योजना भएका मुलुकसंग सहकार्य गर्नु रहेको द सनले जनाएको छ ।

समाचार अनुसार रुस र चीनले एन्टी सेटेलाईट मिसाइल यसअघि नै तयार पारिसकेका छन । यस्तो मिसाइलले जीपीएस र टेलिकम्युनिकेशन सेटेलाइटलाई ध्वस्त पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: