प्रधानमन्त्री ओली आज ७०औं जन्मोत्सव मनाउँदै « Nagarik Khabar

प्रधानमन्त्री ओली आज ७०औं जन्मोत्सव मनाउँदै



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली आज ७०औं बर्षमा पाइला टेकेका छन ।

वि.सं. २००८ साल फागुन ९ गने जन्मिएका प्रधानमन्त्री ओलीले आज ७०औं जन्मदिन मनाउँदै छन ।

ओलीको जन्म तेह्रथुमको ईवा गाउँ पञ्चायतमा वि.सं.२००८ साल फागुन ९ गते भएको हो ।

प्रधानमन्त्री ओली पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीका सन्तान हुन ।

जन्मदिनका अवसरमा आज प्रधानमन्त्री ओलीलाई शुभकामनाको ओइरो लागेको छ ।

सात वर्षअघि पहिलोपटक ओलीको निजी निवास बालकोटमा उनको जन्मदिन मनाउने क्रममा पार्टि नै आयोजना गरिएको थियो ।

अघिल्लो वर्ष नेपालको नक्सा अंकित केक काटेका भन्दै ओलीको जनमोत्सव विवादमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: