‘बी’ डिभिजन लिग फुटबलको बाँकी खेल आजदेखि « Nagarik Khabar

‘बी’ डिभिजन लिग फुटबलको बाँकी खेल आजदेखि



काठमाडौं । सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: