मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन : महान्यायाधिवक्ता खरेल

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजिनामा नदिएको बताएका छन् ।
नागरिकखबरसँग कुरा गर्दै खरेले भने, “मैले राजीनामा दिएको छैन र राजीनामा गर्नुपर्ने कुनै कारण नै छैन । मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।”
विभिन्न सञ्चार माध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको तर स्वीकृत नभएको समाचार प्रकाशित भएका थिए ।
संवैधानिक इजलासमा खरेलसहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस गरेका थिए ।