एकदिवसीय र टी–२० क्रिकेटका लागि श्रीलंका टोलीको घोषणा

एजेन्सी । वेष्ट इन्डिजविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि श्रीलंका टोलीको घोषणा भएको छ ।
श्रीलंकाका खेलकुदमन्त्री नमल राजापक्षाले श्रीलंका क्रिकेट बोर्डलाई वेष्ट इन्डिज भ्रमणका लागि अनुमति दिएपछि टाेलीकाे घाेषणा गरिएकाे हाे ।
कोरोना पोजेटिभ पाइएका श्रीलंकन तीव्र गतिका बलर लाहिरु कुमाराको स्थानमा सुरंगा लकमललाई टोलीमा समावेश गरेको छ ।
श्रीलंकाले वेष्ट इन्डिज भ्रमणका क्रममा तीन–तीन खेलको टी–२० र एकदिवसीय क्रिकेट ९३ मार्चदेखि १४ मार्चसम्म० खेल्दै सुरु गर्नेछ भने २१ मार्चदेखि दुई टेष्टको सिरिज सुरू हुनेछ ।
श्रीलंका टोली
दिमुथ करुणारत्ने (कप्तान) दसुन सनका, दनुष्का गुनातिलके, पथुम निसंका, असेन बन्दरा, ओशाडा फर्नान्डो, दिनेश चान्डिमल, एञ्जेलो म्याथूज, निरोसन डिक्वेला, थिसारा परेर, कमिन्डु मेन्डिस, वनिन्दु हसरंग, रमेश मेन्डिस, लाहिरु कुमारा, नुवान प्रदीप, असिता फर्नान्डो, दुस्मान्ता चमिरा, अकिला धनञ्जय, लक्षन सन्दाकन, दिलशान मदुसंका र सुरंगा लकमल