रवि लामिछानेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ « Nagarik Khabar

रवि लामिछानेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’



काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घाेषणा गरेका हुन् ।

न्युज २४ टेलिभिजनमा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनी नयाँ टेलिभिजन खोल्नकै लागि उक्त संस्थाबाट बाहिरिएका थिए ।

टेलिभिजनको अध्यक्षमा जिबी राई रहेका छन् भने उपाध्यक्षमा छबिलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयं रवि लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: