हामी रक्तपातहीन युद्धमा छौँ, अहिलेकाे युद्ध हामीले जित्नुपर्छ : प्रचण्ड « Nagarik Khabar

हामी रक्तपातहीन युद्धमा छौँ, अहिलेकाे युद्ध हामीले जित्नुपर्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि आफूहरु युद्धमा रहेको टिप्पणी गरेका छन् । र यो युद्ध आफूहरुले जित्नुपर्ने बताएका छन् ।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यकममा बोल्दै अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धिका लागि अपहरण गर्न खोज्नेविरुद्ध एक प्रकारको युद्धमा रहेको बताए । “हामी रक्तपातहीन युद्धमा छौँ । अहिलेकाे युद्ध हामीले जित्नुपर्छ ।”

प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरे । उनले भने, “अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ ।”

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरेपनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जनतिर लैजान खोजेको आरोप लगाए ।

“पार्टी निकै दुःखका साथ बनाइएको हो ।” प्रचण्डले भने, “पार्टी विभाजन गर्ने काम भइरहेको छ र हामी भइनै सकेका छौँ । हामी अहिले बाँकी जो छौँ, पार्टी एकताको पक्षमा छौँ । हामीले एकताको झन्डा उठाएका छौँ । तर केपी ओली संविधान र पार्टी विघटनतिर जानुभयो ।”

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: