अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु « Nagarik Khabar

अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु



काबुल, एएफपी । अफगानिस्तानमा मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ ।

भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड पाँच लाख डोजबाट खोप अभियान सुरु भएको हो । अफगान सरकारकाअनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ ।

राष्ट्रपति अश्रफ घानीले खोप अभियान सुरु गर्दै पहिलो चरणको खोप अभियान सुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए ।

अफगानिस्तानमा करिब ५५ हजार ६ सय व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४ सय ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: