गुरुङ चलचित्र ‘शिरसुबा’ आउँदो शनिबार काठमाडौंमा प्रदर्शन हुँदै « Nagarik Khabar

गुरुङ चलचित्र ‘शिरसुबा’ आउँदो शनिबार काठमाडौंमा प्रदर्शन हुँदै



काठमाडौं । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित गुरुङ भाषा तथा संस्कृतिमा आधारित दोस्रो चलचित्र शिरसुबाको पर्यटकीय गुरुङ गाउँ घान्द्रुकबाट प्रदर्शन शुरु भएको छ ।
चलचित्र शिरसुबाको गत आईतबार घान्द्रुकमा प्रदर्शन भएको हो ।

चलचित्रको पहिलो प्रदर्शन घान्द्रुकको स्थानीय मेश्रम बराह मा.वि. को प्राङ्गणमा भएको थियो ।

गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिमा आधारित तथा गुरुङ युवतीको सुवास (मिजास) को विषयबस्तुमा आधारित गुरुङ चलचित्रको अधिकांश छायांकन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको सेरोफेरोमा गरिएको छ ।

८० प्रतिशत गुरुङ भाषाको प्रयोग भएको चलचिल शिरसुबाको कथा लेखन तथा निर्माता बेलायत निवासी विमल गुरुङको रहेको छ भने पटकथा र निर्देशन माओत्से गुरुङको रहेको छ ।

आउँदो शनिबार दिउँसो १२ बजे काठमाडौंको म्हैपीस्थित रानीदेवी पार्टी प्यालेसमा चलचित्र शिरसुबाको प्रर्दशन गरिने चलचित्रका कलाकार आइतराम गुरुङले जानकारी दिए ।

चलचित्रको मुख्य भुमिकामा स्याङ्जाका विश्वास गुरुङ, चितवनकी ‘मिस चितवन’ सुमन गुरुङ, किम्रोङखोलाका सुमित गुरुङ र छोम्रोङकी प्रिति गुरुङलाई देख्न पाईन्छ ।

त्यस्तै नायक सोम गुरुङ, डिबी गुरुङ, आईतराम गुरुङ, अन्जु गुरुङ, टिकाराम घले, रविता, गुरुङ, अंशु गुरुङ विरवल गुरुङ, राजेन्द्र थापा, रजनी गुरुङ, सुरज गुरुङ लगायतको अभिनय चलचित्रमा देख्न पाइन्छ ।

चलचित्र छायांकन शुशान प्रजापतीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: