गोल्डेन ग्लोब अवार्डः सबैभन्दा बढी अवार्ड ‘द क्राउन’को हातमा « Nagarik Khabar

गोल्डेन ग्लोब अवार्डः सबैभन्दा बढी अवार्ड ‘द क्राउन’को हातमा



काठमाडौं । गोल्डेन ग्लोब अवार्डका विजेताको घोषणा भएको छ। चलचित्र तथा टेलिभिजन दुनियाँको सबैभन्दा ठूलो अवार्डमध्ये यो अवार्ड पनि एक हो ।

सन् २०२१ को ७८ औं गोल्डेन ग्लोब अवार्डमा नेटफ्लिक्सको टिभी सिरिज ‘द क्राउन’ले सबैभन्दा बढी अवार्ड जितेको हो । बीबीसीका अनुसार द क्राउनले चार वटा विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।

त्यस्तै टिभी सिरिज ‘सिट क्रिट’ पाँच विधामा मनोनयनमा परेको थियो भने ‘ओजार्क र द अन डुइङ’ चार विधामा मनोनयनमा परेको समाचारमा उल्लेख छ ।

यस्तो छ अवार्ड जित्नेहरुको सूची
बेस्ट मोशन पिक्चर (ड्रामा) – नोम्याडल्यान्ड
बेस्ट मोशन पिक्चर (म्युज़िकल कमेडी) – बोराट सब्सिक्वेंट मुभीफिल्म
बेस्ट निर्देशक (मोशन पिक्चर) – क्लोई झाओ (नोम्याडल्यान्ड)
बेस्ट स्क्रीनप्ले (मोशन पिक्चर) – आरन सार्किन (द ट्रायल अफ शिकागो)
सर्वश्रेष्ठ अभिनेत्री (मोशन पिक्चर – ड्रामा) – एन्ड्रा डे (द युनाइटेड स्टेट्स भर्सेस बिली हलीडे)
सर्वश्रेष्ठ अभिनेता (मोशन पिक्चर – ड्रामा) – चेड्विक बोसमेन
सर्वश्रेष्ठ अभिनेत्री (मोशन पिक्चर — म्युज़िकल कमेडी) – रोजामंड पाइक (आई केयर अ लट)
सर्वश्रेष्ठ अभिनेता (मोशन पिक्चर — म्युज़िकल कमेडी) – साचा बोरेन कोहेन (बोराट सब्सिक्वेंट मुभीफिल्म)
सर्वश्रेष्ठ मोशन पिक्चर (एनिमेटेड) – सोल
सर्वश्रेष्ठ मोशन पिक्चर (विदेशी भाषा) – मिनारी

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: