शृंखलाले भनिन्- ‘अहिलेसम्मकै खुसीको कुरा कसरी व्यक्त गरुँ’ « Nagarik Khabar

शृंखलाले भनिन्- ‘अहिलेसम्मकै खुसीको कुरा कसरी व्यक्त गरुँ’



काठमाडौं । विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पूर्व मिस नेपाल शृंखला खतिवडाले पढ्ने भएकी छिन् ।

श्रृंखलाले अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन् ।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली समेत साटेकी छन् ।

२०१८ मा मिस नेपाल बनेकी उनले भनेकी छिन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो । कसरी व्यक्त गरुँ’ मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि श्रृंखलालाई बधाइ दिँदै उनको उच्च शिक्षा अध्ययनका लागि शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: