सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै « Nagarik Khabar

सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै



काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा आज पनि दुई वटा खेल हुँदै छन् ।

ललितपुरको सातादोबाटोस्थित अखिल नेपाल फुटबल संंघ (एन्फा) को मैदानमा हुने पहिलो खेलमा झम्सीखेल युथ क्लब र श्रीभगवती क्लबबीचको खेल हुनेछ ।

यो खेल आज मध्यान्ह १२ः१५ बजे शुरु हुनेछ । खेलमा झम्सिखेल दोस्रो जितको खोजिमा हुनेछ । अहिलेसम्म एक खेल मात्रै जितेको झम्सिखेल तीन खेलमा ड्र खेल्दा बाँकी चार खेल गुमाएको छ ।

झम्सिखेल ६ अंकका साथ ११औं स्थानमा रहेको छ । आजको खेलमा विजयी भए झम्सिखेल आठौं स्थानमा उक्लने छ ।

त्यस्तै श्री भगवती क्लबले पनि जारी लिगमा एक खेलमा जीत र तीन खेलमा ड्र तथा चार खेलमा पराजय भोगेको छ ।

तालिकामा ६अंक नै जोडेको श्री भगवती पनि दोस्रो जितकै खोजिमा हुने छ । भगवती विजयी भए पनि तालिकाको आठौं स्थानमा उक्लने छ ।

त्यस्तै आजै दिउँसो ३ः३० बजे शुरु हुने दोस्रो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र श्री कुमारी क्लब भिड्दै छन । आरसीटी पाँचौ तथा श्री कुमारी क्लब आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: