सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ब्वाइज र टुसालबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।
ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ ।
ब्वाइजले ९ खेलमा १४ अंक जोडेको छ ।
टुसाल ९ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
त्यसैगरी अर्को खेल खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच हुनेछ ।
खुमलटार र श्री भगवतीबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
श्री भगवतीलाई हराएर खुमलटार शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्न चाहन्छ ।
श्री भगवती ९ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ ।