‘विप्लव अन्ततः मैले कोरेकै बाटोमा आइपुग्नुभयो, पार्टीमा स्वागत गर्न आतुर छु’ « Nagarik Khabar

‘विप्लव अन्ततः मैले कोरेकै बाटोमा आइपुग्नुभयो, पार्टीमा स्वागत गर्न आतुर छु’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ आफूले नै कोरोको बाटोमा आइपुगेको बताएका छन् ।

पेरिसडाँडामा शनिबार विप्लवसँग असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘उहाँ अन्ततोगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ,’ उनले भने, ‘यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु ।’

कार्यक्रमा प्रचण्डले भने, ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो ।’

प्रचण्डले आफूले पहिले नै विप्लव अन्ततः आफूहरूकै लाइनमा आउने कुरा भनेको र त्यो मिलेको दाबी समेत गरे । एउटा कालखण्डमा एउटा मात्रै प्रचण्ड जन्मिन सक्ने बताउँदै प्रचण्डले भने, ‘मैले भनेको थिएँ– अर्को प्रचण्ड अहिले हुँदैन । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो, त्यसकारण म उहाँलाई धन्यवाद भन्न चाहन्छु ।

सो कार्यक्रममा विप्लवसँग असन्तुष्ट रहेका कार्यकर्ताहरू प्रचण्ड-माधब पक्षीय नेकपामा प्रवेश गरेका छन् ।

यो पनि पढ्नुस्

प्रचण्डले भने- ‘अहिलेको परिस्थितिमा कुहिएको अन्डा हो केपी ओली’ (भिडियाे)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: