ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा « Nagarik Khabar

ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा



काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठकमा प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।

केपी शर्मा ओलीलाई हटारए सो समूहले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । प्रचण्ड-माधव समुहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: