संसारकै सबैभन्दा ठूलो गाला, यस्तो बनिन् यी मोडल « Nagarik Khabar

संसारकै सबैभन्दा ठूलो गाला, यस्तो बनिन् यी मोडल



एजेन्सी । युक्रेनकी एक अभिनेत्री तथा मोडल अनास्तासिया पोक्रेस्चुकले अनौठो खाले कस्मेटिक सर्जरीका कारण चर्चामा छिन् ।

कस्मेटिक सर्जरी गरेर उनले संसारकै सबैभन्दा ठूलो गाला बनाएकी छिन् । ३२ वर्षकी अनास्तासियालाई आफ्नो अनुहार बदल्नका लागि ६ वर्ष लागेको हो । कस्मेटिक सर्जरीका लागि उनले २१ सय डलर खर्च गरिन् ।

हालै उनले इन्स्टाग्राममा आफ्ना नयाँ पूराना तस्वीरहरु शेयर गरेकी छिन् । जसले उनी कस्मेटिक सर्जरी अगाडि कस्ती थिइन् र अहिले कस्ती भइन् भन्ने देख्न सकिन्छ । कस्मेटिक सर्जरीबाट उनको गाला अस्वभाविकरुपमा उठेको छ र ओठ पनि फुलेका छन् । अहिले अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा उनको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: