चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तय « Nagarik Khabar

चलचित्र ‘कबड्डी ४’को प्रदर्शन मिति तय



काठमाडौं । चलचित्र ‘कबड्डी ४’ को प्रदर्शन मिति तोकिएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो ।

निर्माण पक्षले चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने बताएको छ । दशैंको घटस्थापना भन्दा एक साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भएको हो ।

निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र भएको बताएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकारहरुको नाम भने खुलाउन बाँकी रहेको छ । तर, चलचित्रमा दयाहाङ राई, बिजय बराल, वुद्दि तामाङ लगायतले काम गर्ने पक्का रहेको बुझिएको छ ।

चलचित्रको छायांकन वैशाख २ गतेबाट सुरु हुने बताइएको छ । निर्देशक गुरुङले चलचित्रको स्क्रिप्ट तयारी भईसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: