कांग्रेसको माग प्रधानमन्त्रीको राजीनामा: गगन थापा « Nagarik Khabar

कांग्रेसको माग प्रधानमन्त्रीको राजीनामा: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए हटाउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प संसदले खोज्ने बताउँदै नेता थापाले ‘उहाँले राजीनामा दिनुपर्छ । राजीनामा नदिने भए विश्वासको मत लिनुपर्छ । त्यस्तो विश्वासको मत नदिन कांग्रेसले भूमिका खेल्छ’ । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले कांग्रेसको माग प्रधानमन्त्रीको राजीनामा रहेको बताएका हुन् ।

नेकपा एकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले ‘जटिलता’ बढाएको थापाको भनाई छ । उनले अदालतको फैसला मान्नुपर्ने अवस्था भए पनि माग नगरिएको विषयमा अदालतले बोल्दा समस्या बढेको बताए ।

सर्वोच्चको फैसलाले झट्ट हेर्दा सजिलो बनाएझैं देखिएको तर यसले निकै जटिल अवस्थामा पुर्‍याएको उनले बताए । कांग्रेस केन्द्रीय समिति र संसदीय दलले यसअघि नै नेकपाको औपचारिक विभाजनपछि थप छलफल गर्ने निर्णय बताए । उनले पार्टीभित्र नयाँ शिराबाट छलफल शुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: