‘सरकारविरुद्ध गतिविधि गरे एमालेको विधान बमोजिम कारबाही’ « Nagarik Khabar

‘सरकारविरुद्ध गतिविधि गरे एमालेको विधान बमोजिम कारबाही’




काठमाडौं । पुनःस्थापित नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अब नेकपाको सांसदको नाममा कुनै पनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

उनले पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाएर लैजान प्रधानमन्त्रीले पहल गर्ने समेत बताएका छन् ।

उनले संसदमा अब नेकपा नरहेको बताउँदै आफूहरुलाई अब नेकपा नभन्न समेत आग्रह गरेका छन् । नेम्वाङले भने, ‘अब नेकपा छैन, हामीलाई पुनःस्थापित नेकपा एमाले भन्नुस्, उहाँहरूलाई माओवादी केन्द्र भन्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: