ट्वीटरका सीईओको पहिलो ट्वीटको मूल्य सुनेर हैरान « Nagarik Khabar

ट्वीटरका सीईओको पहिलो ट्वीटको मूल्य सुनेर हैरान



एजेन्सी । ट्वीटरका सीईओ ज्याक डोर्सीले ट्वीटरमा गरेको पहिलो ट्वीट बेचिरहेका छन् । यो ट्वीट डोर्सीको एकाउण्टबाट मार्च २००६मा गरिएको थियो । उनले ‘जस्ट सेटिङ्ग अप माइ ट्वीटर’ लेखेका थिए ।

डोर्सीले आफूले पहिले गरेको ट्वीटलाई यूनिक डिजिटल सिग्नेचरका रुपमा भ्यालुएवलस् बाइ सेन्ट नामको वेभसाइटमा राखिएको थियो । यो साइट ट्वीटहरुलाई नन–फन्जिबल टोकन्सको रुपमा बेच्ने गर्दछ ।

यो मार्फत किनेका डिजिटल टोकनहरुको एकल स्वामित्व खरिदकर्ताको हुने गर्दछ । अथवा ग्राहकले फेरि यसलाई अरुलाई बेच्न सक्दछ । ट्वीटरका सीईओले आफ्नो एकाउण्टबाट ट्वीट गरेर जानकारी दिईसकेको छ । ज्याकले आफ्नो ट्वीटमा उक्त वेभसाइटको लिङ्क दिएको हो ।

वेभसाइटमा ज्याक डोर्सीको यो पुरानो ट्वीट बिक्रीका लागि उपलब्ध छ र समाचारमा उक्त ट्वीट किन्नका लागि सबैभन्दा बढी मूल्य ६ लाख डलर रहेको छ । वेभसाइटका अनुसार ट्वीट किन्नका लागि ७५ प्रतिशत मूल्य ट्वीट गर्नेलाई र ५ प्रतिशत उक्त वेभसाइट जाने भएको छ । त्यसैगरि दोस्रो पटक बिक्री हुँदा ८७.५ प्रतिशत, ट्वीट गर्नेलाई १० प्रतिशत र वेभसाइटले २.५ प्रतिशत मूल्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: