विप्लवसँग रेखा थापाको भेट « Nagarik Khabar

विप्लवसँग रेखा थापाको भेट



काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको भेटको एक तस्विर सार्वजनिक गरेका छन् ।

गत शुक्रबार सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच भेटलाई चासोका रुपमा हेरिएको छ । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध पनि गरेकी थिइन् ।

रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘विप्लव’सँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ ।’

कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको रेखाको भनाई छ । ‘म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसावले ‘विप्लव’सँग भेटेकी हुँ ।’ रेखा पछिलो समय नयाँ फिल्म निर्माण तयारी छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: