‘महिलाले अब ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छ’ « Nagarik Khabar

‘महिलाले अब ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छ’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) प्रचण्ड–माधव समूहका नेतृ पम्फा भुसालले नेपाली महिलाहरुले अब ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् ।

सोमबार १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले भनिन्, ‘हामी ५० प्रतिशतभन्दा बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर पाउनु पर्दछ ।’ उनले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा रहेको बताईन् ।

‘हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकार सम्बन्धी कानुन बनेका छन्,’ उनले भनिन्, ‘त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ ।’

नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकार कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: