तीस लाख खर्च गरेर धनेश्वार मन्दिर बनाउँदै नवराज तामाङ « Nagarik Khabar

तीस लाख खर्च गरेर धनेश्वार मन्दिर बनाउँदै नवराज तामाङ



रामेछाप । व्यवसायी तथा युवा समाजसेवी नवराज तामाङले ३० लाख खर्च गरेर धनेश्वार मन्दिर निर्माण गरिरहेका छन् । उनले जिल्लामा रहेको पुनारानोमध्ये एक धनेश्वार महादेबको मन्दिर र मन्दिर वरिपरिका पार्क निर्माण गरेका हुन् ।

बीर बहादुर तामाङ मेमोरियल फाउण्डेसनको नामबाट समाजसेवामा सकृय तामाङले अहिले आफ्नै जिल्लामा रहेको १ सय ५० वर्ष पुरानो महादेवको मन्दिर र मन्दिर वारिपरिको पार्क लगाएतको संरचना निर्माण गरिरहेका छन्

तीस लाख लागतमा निर्माण गरिरहेको मन्दिर तथा पार्क निर्माण शिवरात्रीसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न कारणले गर्दा मन्दिर निर्माण र पार्क निर्माणको काम सम्पन्न गर्न नसकिएको कार्यक्रम संयोजक सरस्वती कार्कीले जानकारी दिइन् । आफूहरुले समयमा नै मन्दिर निर्माणको काम सक्न लागिरहेको भएपनि विभिन्न समस्याको कारण समयमा निर्माण सम्पन हुन नसकेको उनले बताइन ।

बीर बहादुर तामाङ मेमोरियल फाउण्डेसनको अध्यक्ष तामाङले यसबाहेक पनि विभिन्न समाजसेवाको काम गर्दै आएका छन् । उनले यो फाउण्डेसनबाट जिल्ला भित्र र बाहेर विभिन्न स्थानहरुका सेवा गर्दै आएका छन् । मानिसहरुलाई आवश्यक पर्ने लत्ता कपडा तथा खाद्यन्नको सामाग्रीहरु सिन्धुपाल्चोक तथा मुगु लगायतको जिल्लामा वितरण गर्दै आएका छन् । आफू व्यवसायी भएको र आफूले गर्ने खर्चलाई केही कटौती गरेर जम्मा भएको पैसाले गरिब तथा दुखीहरुलाई सहयोग गर्दै आएको उनले बताए ।

रामेछाप जिल्लाको खाडादेबी गाउँपालिको गाल्पामा मुख्य कार्यालय रहेको यस संंस्थाले सोही पालिकाको वडा न. ७ टिमूमा रहेको पुरानो धनेश्वरको मन्दिर तथा पार्क निर्माण गरिरहेको छ ।

कोरोनाको माहामारीको समयमासमेत अध्यक्ष तामाङले सडक र दुरदराजमा रहेको मानिसहरुलाई सहयोग गर्दै आएका छन् । उनले आफूले गर्ने खर्चलाई केही कम गरेर जम्मा गरेको रकमले समाजसेवा गर्दा आफू जस्तै अर्को कसैको घरबार चलाउन केही सहज हुने भएकाले आफू यो क्षेत्रमा सकृय हुँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: