सेयर मार्केटमा पैसा डुबेपछि युवकले यसरी गरे आत्महत्या « Nagarik Khabar

सेयर मार्केटमा पैसा डुबेपछि युवकले यसरी गरे आत्महत्या



एजेन्सी । उत्तरी चीनको मंगोलिया स्वायत्त क्षेत्रमा बओटोयू सहरमा मुटु कमाउने घटना घटेको छ । एक युवकले फलाम पगाल्ने बलिरहेको भट्टीमा हाम्फालेर आत्महत्या गरेका छन् । उनले सेयर मार्केटमा ६० हजार चिनियाँ रुपैयाँ डुबाएपछि यस्तो हर्कत गरेका हुन् । ३४ वर्ष उमेरका वाङ्ग लोङ्ग चीनका सबैभन्दा ठूलो स्टील निर्माता कम्पनी समूह बाओजेग ग्रुपमा बितेका १० वर्षदेखि ती युवक काम गर्दथे ।

उनले सेयर मार्केटमा पैसा लगानी गर्ने शौख राख्दथे । २४ मार्चका दिन कम्पनीमा नाइट सिफ्टमा उनको काम थियो । केहीबेर काम गरेपछि युवक अचानक कार्यस्थलबाट गायब भए । धेरै समयसम्म नआएपछि उनको खोजी भयो । सीसीटीभी फुटेजमा हेर्दा उनी स्टील पगाल्ने भट्टी तिर गएको देखिन्छन् । ९ सय डिग्री सेल्सियस तातो भट्टीमा उनी हाम्फाल्छन् । तत्कालै उनको शरीर खरानी हुन्छ । उनले भट्टीमा हाम्फाल्नु अघि आफ्नो हेल्मेट र चश्मा खोलेका थिए ।

युवकले आफ्ना सहकर्मीले बताए अनुसार भर्खरै मात्र उनको बिहे भएको थियो । उनी कसैसँग कुराकानी गर्दैनथे । युवकले साथीहरुलाई आफ्नो ६० हजार चिनियाँ रुपैयाँ डुबाएको बताएका थिए । उनले आत्महत्या गरेको दिन चीनको स्टक मार्केटमा तीन महिनामा सबैभन्दा धेरै गिरावट आएको थियो ।

बाओजेग ग्रुपले यो घटना पछि विज्ञप्ति निकालेको छ । कम्पनीले शेयर मार्केटमा भएको गिरावट पश्चात ती युवक धेरै ऋणमा परेका थिए । उनले आफ्नो ऋण चुक्ता गर्न समस्या भएको बताएका थिए । कम्पनीले वाङ्ग लोङ्गको निधन दुखद् भएको जनाएको छ । परिवारलाई कम्पनीले सहनुभूति प्रकट गरेको छ । कम्पनीले उनका सहकर्मी सबै कर्मचारीहरुको मानसिक चाँज पनि गराउने जनाएको छ । प्रहरीले यस घटनालाई पहिलो हत्या भन्दै उजुरी दर्ता गरेको थियो । पछि सीसीटीभी फुटेज हेरेर आत्महत्या भन्दै घटनाको फाइल बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: