गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक (भिडियो) « Nagarik Khabar

गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक (भिडियो)



काठमाडौं । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ शनिबार राजधानीमा एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ ।

घट्टेकुलोस्थित पाना क्याफेमा सम्पन्न एल्बम सार्वजनिकीकरण कार्यक्रममा एल्बमको एउटा गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको हो ।

एल्बममा सातवटा गीत समावेश छन् । एल्बमभित्र समावेश तीन गीतमा राजन मुकारुङको शब्द रहेको छ भने दुई गीतमा हाङ्युग अज्ञातको शब्द छ । एल्बममा दुई गीतलाई महिला र पुरुष दुवै संस्करणको स्वरमा समावेश गरिएको छ ।

एल्बमका दुई गीत, राजन मुकारुङको शब्दमा ‘हुरुक्कै भएँ म’ र हाङ्युग अज्ञातको शब्दमा ‘मैले फूललाई माया गरेँ’लाई राजेशपायल राईले स्वर दिएका छन् ।

मुकारुङकै शब्द रहेको मनको मैलोलाई सुनिता थेगिमले र ‘भरोसा छैन कसैको’लाई अशोक मुकारुङले स्वर दिएका छन् । हाङ्युग अज्ञातको शब्द रहेको ‘औंशीमा’लाई झुमा लिम्बुले स्वर दिएकी छिन् । मनको मैलोको पुरुष संस्करणमा ज्वाला राईले स्वर दिएका छन् भने ‘मैले फूललाई माया गरेँ’लाई मिलन नेवारले महिला संस्करणमा गाएकी छन् ।

गीतिएल्बम सेवान्नेभित्र समावेश गीत ‘मैले फूललाई माया गरेँ’को म्युजिक भिडियो पनि शनिबारै सार्वजनिक गरिएको हो । विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडियोमा दिवाहाङ बान्तवा र नग्मा श्रेष्ठको अभियन छ ।

युट्युबमा अघिल्लो वर्ष नै सार्वजनिक भएको गीत ‘हुरुक्कै भएँ म’लाई हालसम्म सत्ताइस लाखपटक हेरिसकिएको छ । बान्तवा भाषाको शब्द ‘सेवान्ने’को अर्थ हार्दिक नमस्कार हुन्छ ।
भिडियो

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: