चोरीको १६ थान मूर्तिसहित एक जना पक्राउ « Nagarik Khabar

चोरीको १६ थान मूर्तिसहित एक जना पक्राउ



ललितपुर । ललितपुरबाट चोरीको १६ थान मूर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर–१२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका–६ घर भएका ४८ वर्षीय राज कुमार सुनार छन् ।

पक्राउ परेका सुनार चैत्र १३ गते राति ललितपुर–१६ धौगलबजारस्थित मूर्ति बनाउने स्थानबाट १६ थान धातुको मूर्ति चोरी गरी फरार रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए ।

प्रहरीले उनको साथबाट चोरी भएका सबै मूर्तिहरु बरामद गरेको छ । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: