पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूको प्रदर्शन, विद्यार्थी र प्रहरीबीच झडप (भिडियो) « Nagarik Khabar

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूको प्रदर्शन, विद्यार्थी र प्रहरीबीच झडप (भिडियो)



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियू आरआर इकाई कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववीयु (खनाल–नेपाल समूह) आरआर इकाई कमिटीले मंगलबार काठमाडौंको प्रदर्शनी मार्गमा टायर बालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, भ्रष्ट सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले बीच सडकमा टायर बालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: