झापाको गौरादहबाट नगदसहित ९ जुवाडे पक्राउ « Nagarik Khabar

झापाको गौरादहबाट नगदसहित ९ जुवाडे पक्राउ



दमक । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४ सय २० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह– ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका–३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका–७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन् ।

उनीहरुको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: