ज्योति लाइफ नेप्सेमा सूचीकृत, भोलिबाट कतिमा पाइने ? « Nagarik Khabar

ज्योति लाइफ नेप्सेमा सूचीकृत, भोलिबाट कतिमा पाइने ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले जेएलआई कारोबार संकेत दिएको छ ।

नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट कम्पनीको शेयर कारोबारमा आउने जनाएको छ । कम्पनीले मंगलबार सर्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्ता सहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेमा १२० रपैयाँ २९ पैसादेखि ३६० रुपैयाँ ८७ पैसामा शुरुवाती कारोबार गर्न पाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: