जर्जियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित « Nagarik Khabar

जर्जियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित



जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबास्भिलीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

उनको कोरोना परीक्षण गर्दा मंगलबार सङ्क्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले सेल्फ आइसोलेसनबाटै आफ्नो कामलाई भने निरन्तरता दिएको जनाइएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि प्रधानमन्त्रीले कुनै असहज महसुस नगरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

जर्जियामा मंगलबार मात्रै उनीसँगै अरु ८ सय ९७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै जर्जियामा अहिलेसम्म दुई लाख ८४ हजार ९ सय ५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: