राइस कुकरमा सुन लुकाएर ल्याउने विमानस्थलबाट पक्राउ « Nagarik Khabar

राइस कुकरमा सुन लुकाएर ल्याउने विमानस्थलबाट पक्राउ



काठमाडौँ । दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेको छ ।

उनलाई राइस कुकरमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो । मंगलबार राति १० बजे दुबईबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन् ।

उनले ल्याएको सामानको तौल बढी देखिएपछि जाँच गरेको र राइस कुकर भित्र सुन भेटिएको प्रहरीले जानकारी दिएको छ ।

महराको साथमाबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको प्रहरीले बताए । त्यसमध्ये ८ सय ८४ ग्राम सुन उनले कुकरमा हालेर ल्याएका थिए भने ५० ग्रामको बाला लगाएका थिए ।

उनीमाथि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: