सुनको मूल्य उकालो लाग्ने क्रम जारी : बुधबार तोलामा ५००ले वृद्धि « Nagarik Khabar

सुनको मूल्य उकालो लाग्ने क्रम जारी : बुधबार तोलामा ५००ले वृद्धि



काठमाडौं । केही दिनयता उकालो लागेको पहेँलो धातु सुनको मूल्य आजपनि वृद्धि भएको छ । स्थानीय बजारमा सुनको मूल्य बुधबार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको प्रतितोला ८८ हजारमा कारोबार भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० मा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ५ सयमा र तेजाबी सुन ८७ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्यपनि बढेको छ । चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १ सय ४५ पुगेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ३५ रुयैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: