कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन ४ हजार बढीको मृत्यु « Nagarik Khabar

कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन ४ हजार बढीको मृत्यु



एजेन्सी । ब्राजिलमा एकैदिनमा सङ्क्रमितहरुको सङ्ख्या बढ्ने क्रममा ८२ हजार नाघेको छ ।

सरकारी अधिकारहिरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टा ब्राजिलमा कोरोना भाइरसबाट ८२ हजार ८ सय ६९ जना सङ्क्रमित भएका हुन् । त्यसैगारी सोही अवधिमा ब्राजिलमा कोरोना भाइरसका कारण ४ हजार २ सय ११ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट १ करोड ३१ लाख ६ हजार ५८ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ३ लाख ३७ हजार ३ सय ६४ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा दोस्रो अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने ब्राजिलपछि तेस्रोमा धेरै प्रभावित मुलुकको सूचीमा भारत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: