रातोपुलमा भारतीय नागरिक मृत फेला « Nagarik Khabar

रातोपुलमा भारतीय नागरिक मृत फेला



काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एक भारतीय नागरिक मृत फेला परेको छ ।

भारतको कोलकाता घर भई रातोपुलमा डेरा गरेर बस्ने ३९ वर्षीय प्रदीप मण्डल मृत फेला परेका हुन् ।

दरबारमार्गस्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यलयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मृतक मण्डलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: