गण्डकीमा माओवादी केन्द्रका २ मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा « Nagarik Khabar

गण्डकीमा माओवादी केन्द्रका २ मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा



काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा पत्र बुझाएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

राजीनामा पत्र बुझाउँदै मन्त्री चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए । “हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौँ,” मन्त्री चुमानले भने,“हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस् ।”

आज माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: